नगरपालिकाको मौनता किन ?

सार्थक ब्यूरो।भिमदत्त नगरपालिका वडा नम्बर ४ सब्जीमण्डी देखि महेन्द्रनगर राजमार्ग (हाइवे) सम्मा जाने बाटे वरिपरि खुल्ला दिशा क्षेत्रका रुपमा परिणत भएको छ । भारतीय मुलका घुमन्ते हरुको वासोवासले खुलाचौरमा दिशा पिशाबका कारण पुरै क्षेत्र दुर्गन्धीत बनेको छ । दुर्गन्धीत क्षेत्रबाट तलामाथी आवत जावत गर्ने यात्रुहरुले दुर्गन्धका बिच हिडनु पर्ने वाध्यता सृजना हुंदा सम्म भिमदत्त नगरपालिकाको मौनता किन ? भन्ने प्रश्न उब्जीएको छ । खसला दिशा क्षेत्रका कारण महामारी जस्ता रोगहरु फैलिन सक्ने आसंका समेत गरिन लागेको छ । संरक्षित क्षेत्रका रुपमा संरक्षित राखीने भनि वैध अवैध को मुद्धा उठाएर सयौ घर भत्काएर कुरुप बनाएको क्षेत्र पुरै खुला मलमुत्र गर्ने स्थानमा परिणत भएको छ । अस्थायी रुपमा बस्ने व्यक्ति लाई बस्न दिए पनि त्यस क्षेत्रमा शौचालय खानेपानी लगायतको व्यवस्थापनको जिम्मेवारी नगरपालिकाको भए पनि त्यस तर्फको वास्ता नै छैन किन ? नागिरकले प्रश्न उठाएका छन ।नगरपालिकाले आफ्नो जिम्मेवारी पुरा किन गदैन जसतर्फ नगरपालिकाको ध्यानाकर्षण आवश्यक छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित