सार्थक ब्यूरो। राजधानीको माइतीघर क्षेत्रमा प्रदर्शन गर्न खोज्ने क्रममा प्रहरीले १४ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेहरूमा डा. निकोलस भुसाल र सञ्जीव दाहालसहितका व्यक्ति रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, जिल्ला प्रशासन कार्यालयले कुनै पनि समूहलाई प्रदर्शनका लागि अनुमति नदिएको अवस्थामै उनीहरू माइतीघर पुगेका थिए। त्यसपछि प्रहरीले उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो।
जेन -जी आन्दोलनसँग सम्बन्धित विभिन्न समूहहरू प्रदर्शनको तयारीसहित माइतीघर क्षेत्र पुगेका थिए। सम्भावित भिड नियन्त्रण र शान्ति सुरक्षा कायम गर्न प्रहरीले माइतीघरदेखि नयाँ बानेश्वरसम्म बाक्लो सुरक्षा घेराबन्दी गरेको छ।
हाल सो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो संख्यामा तैनाथी गरिएको छ। प्रहरीले भनेको छ— “स्थिति नियन्त्रणमा छ, आवश्यक अनुसन्धानपछि मात्रै पक्राउ परेकाहरूको अवस्था स्पष्ट हुनेछ।”


















Discussion about this post