अछामबाट धनगढीतर्फ आउदैँ गरेको गाडी डोटीको गैरामा दुर्घटना

सार्थक ब्यूरो।अछामबाट धनगढीतर्फ आउदैँ गरेको गाडी डोटीको गैरामा दुर्घटना भएको छ । शनिबार बिहान ०१००१ ख ३९५६ नम्बरको इभी गाडि दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक नवराज रावलका अनुसार २२ वर्षीया हरिया परियारको घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ ।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने बाँकी १५ जनाको अवस्था मध्यम रहेको जनाइएको छ । उनका अनुसार सबै घाइतेलाई तत्काल उद्धार गरी उपचारका लागि अत्तरियाको पदमा अस्पताल अत्तरियामा पुगाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित