देशभरका नर्सहरू सडकमा, न्यूनतम तलब र सुविधा सुनिश्चित गर्न दबाब

सार्थक ब्यूरो ।न्यूनतम पारिश्रमिक, भत्ता र सेवा–सुविधा सुनिश्चित गर्न माग गर्दै शुक्रबार देशभरका नर्सहरूले एकैसाथ प्रदर्शन गरेका छन्। विभिन्न अस्पतालका नर्सहरूले अस्पताल परिसरमै विरोध कार्यक्रम आयोजना गरी आफ्ना मागहरू सार्वजनिक गरेका हुन्।
सरकारी अस्पतालका नर्सहरूले पनि निजी तथा समुदायिक अस्पतालका नर्सहरूलाई ऐक्यबद्धता जनाउँदै आन्दोलनमा सहभागी भएका छन्। उनीहरूले स्वास्थ्य क्षेत्रमा समान सेवा–सुविधा लागू गर्न सरकारलाई आग्रह गरेका छन्।
नर्सिङ संघ नेपालले अघि सारेको १५ बुँदे मागपत्रमा सरकारले चाँडो कार्यान्वयन गर्नुपर्ने नर्सहरूको माग छ। ती मागहरूमा स्वास्थ्य मन्त्रालयले २०८२ असोज २४ गते जारी गरेको पत्रको पूर्ण कार्यान्वयन, स्वास्थ्यकर्मीहरूको पारिश्रमिक सरकारी दरभन्दा नघट्ने व्यवस्था, अतिरिक्त समयको भत्ता, ज्यालादारी प्रणाली अन्त्य र सबै तलब–भत्ता बैंकमार्फत भुक्तानी गर्नुपर्ने विषय प्रमुख रहेका छन्।संघले चेतावनी दिएको छ—माग पूरा नभए आन्दोलनलाई थप तीव्र बनाइनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित