बैतडीमा मेलाबाट फर्किँदै जिप दुर्घटना, एकको मृत्यु चार घाइते

सार्थक ब्यूरो । शिवनाथ धामको मेलाबाट फर्किँदै गरेको जिप मेलौली नगरपालिका–७ स्वाखानीमा दुर्घटनाग्रस्त हुँदा एक महिलाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
से १ ज ७३२ नम्बरको बालेरो जिप दुर्घटनामा परेर मेलौली नगरपालिका–२ दुर्गास्थान स्वाडीकी २४ वर्षीया तुलसी पाण्डेयको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र मेलौलीमा निधन भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी निरीक्षक बल्देव बडुले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइते हुनेहरूमा चालक दशरथचन्द नगरपालिका–७ सुर्कालका ३२ वर्षीय जनकराज बडु, मेलौली–२ का ६५ वर्षीय डम्बर पाण्डेय, उनका छोरा ३४ वर्षीय हरि पाण्डेय र २८ वर्षीय ओमप्रकाश पाण्डेय रहेका छन् । चालक बाहेक मृतक र अन्य घाइते एउटै परिवारका सदस्य हुन् ।प्रहरीका अनुसार जिप सडकबाट करिब १० मिटर तल खसेको थियो । दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित