निर्वाचन तयारीबारे प्रधानमन्त्री कार्कीको पहलमा आज त्रिपक्षीय बैठक

सार्थक ब्यूरो । प्रधानमन्त्री सुशीला कार्कीको पहलमा आज अपराह्न सरकार, राजनीतिक दलहरू र जेन–जी समूहबीच त्रिपक्षीय वार्ता हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ४ बजे तय गरिएको उक्त बैठक आगामी फागुन २१ गते निर्धारित प्रतिनिधिसभा निर्वाचनको तयारी र अनुकूल वातावरण निर्माणमा केन्द्रित रहनेछ।
बैठकमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रतिनिधिहरू, मन्त्रीहरू तथा जेन–जी समूहका अगुवा सदस्यहरू सहभागी हुनेछन्। प्रधानमन्त्री कार्कीले सबै पक्षबीच सहमति र विश्वासका माध्यमबाट निर्वाचन प्रक्रियालाई सहज बनाउने उद्देश्यसहित छलफल आयोजना गरेकी हुन्।
सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलका अनुसार निर्वाचन सफल बनाउन सरकार निरन्तर संवाद र समन्वयको प्रक्रियामा रहेको छ। उहाँले भने, “चरणबद्ध रूपमा भइरहेको वार्ता यही तयारीको निरन्तरता हो, जसले लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउनेछ।”
सरकारले हालसम्म राजनीतिक दल, निर्वाचन आयोग, सुरक्षा निकाय र सरोकारवालासँग औपचारिक तथा अनौपचारिक छलफल गर्दै आएको छ। आजको बैठकले निर्वाचनको सुरक्षा, निष्पक्षता र विश्वासनीयता सुनिश्चित गर्ने दिशा तय गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित