बाजुरामा यात्रुबाहक बस दुर्घटना, २५ जना घाइते

सार्थक ब्यूरो ।बाजुराको बुढीनन्दा नगरपालिका–७ सास्था नजिक यात्रुबाहक बस दुर्घटना हुँदा २५ जना घाइते भएका छन्। कोल्टीबाट धनगढीतर्फ जाँदै गरेको बस शनिबार दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।
प्रहरीका अनुसार सुदूरपश्चिम प्रदेश–०१–००१ ख ३१८१ नम्बरको सो बसमा चालकसहित २६ जना सवार थिए। दुर्घटनामा परेका २५ जना यात्रुमध्ये २३ जनाको उपचार मार्तडी अस्पतालमा र २ जनाको कोल्टी अस्पतालमा भइरहेको छ। सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीको भनाइ छ।
बस दुर्घटनाको कारण प्रारम्भिक रूपमा चालकको नियन्त्रण गुम्नु रहेको अनुमान गरिएको छ। घटनास्थलमा प्रहरी र स्थानीय बासिन्दाले उद्धार कार्य सम्पन्न गरेका थिए।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित