महाकाली कोरिडोर सडक कालोपत्रे कार्य तीव्र गतिमा अगाडि बढ्दै

सार्थक ब्यूरो ।महाकाली कोरिडोर (ब्रह्मदेव–झुलाघाट–दार्चुला–टिङ्कर) सडक योजना अन्तर्गत दार्चुला क्षेत्रमा करिब ३० किलोमिटर सडक कालोपत्रे गर्ने तयारी सुरु भएको छ। सडकलाई तीन प्याकेजमा विभाजन गरी कालोपत्रे गर्नुअघि आवश्यक पूर्वतयारीका काम तीव्र गतिमा अगाडि बढाइएका छन्।
योजनाका सूचना अधिकारी तथा इन्जिनियर रामचन्द्र जैसीका अनुसार सलेती–बेतखण्ड ९१२।३ किमि० र खलङ्गा–सुन्सेरा ९१८।५ किमि० खण्डमा ब्याक कटिङ, भुइँ तह, सहायक तह र मुख्य आधार तह तयार पार्ने कार्य चलिरहेको छ। सन् २०७९ असार २० गते ४९ करोड १० लाख रुपैयाँको लागतमा निर्माण कम्पनीहरूसँग सम्झौता गरिएको थियो।
सलेती–बेत सडक खण्डको काम राजेन्द्र निर्माण सेवाले गरिरहेको छ भने खलङ्गा–चल्लेगडा र चल्लेगडा–सुन्सेरा खण्डको जिम्मा सिएबी ग्वाल्लेक जेभीले पाएको छ। चल्लेगडा–सुन्सेरा सडक खण्डका लागि मात्र ४२ करोड ६८ लाख ४० हजार रुपैयाँको ठेक्का टेन्डर गरिएको जानकारी अधिकारी जैसीले दिए।
हालसम्म सलेती–बेत खण्डमा ५३ प्रतिशत, खलङ्गा–चल्लेगडा खण्डमा ५६ प्रतिशत र चल्लेगडा–सुन्सेरा खण्डमा २५ प्रतिशत भौतिक प्रगति भएको उनले बताए। चालु आर्थिक वर्ष २०८२र८३ भित्र कम्तीमा १० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको र बजेट सीमितताले केही चुनौती देखिएको पनि उनले उल्लेख गरे।
कार्यालयले यस वर्षका लागि २२ करोड ९७ लाख रुपैयाँ विकास बजेट प्राप्त गरेको छ भने कुल ठेक्का दायित्व करिब एक अर्ब ४९ करोड रुपैयाँ बराबर रहेको जानकारी दिइएको छ।
महाकाली कोरिडोरले कञ्चनपुरको ब्रह्मदेवदेखि महाकाली किनार हुँदै डडेलधुराको परशुराम नगरपालिका, बैतडी र दार्चुलाका विभिन्न पालिकाहरू पार गर्दै व्यास गाउँपालिकाको टिङ्कर नाकासम्म जोड्ने लक्ष्य राखेको छ। यो सडक पूर्ण रूपमा सञ्चालनमा आएपछि सुदूरपश्चिमका पहाडी जिल्लाहरूबीचको आवागमन सहज हुने र व्यापारिक गतिविधिमा तीव्रता आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित