लोकतान्त्रिक परिपाटीको सुदृढीकरण आजको आवश्यकता :अध्यक्ष केपी शर्मा ओली

सार्थक ब्यूरो ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जननिर्वाचित नेतृत्वमार्फत शासन सञ्चालन हुने व्यवस्था नै लोकतान्त्रिक अभ्यासको मूल आधार भएको भन्दै यसको संरक्षण र मजबुतीकरण अहिलेको प्रमुख आवश्यकता रहेको टिप्पणी गर्नुभएको छ।
काठमाडौँको भृकुटीमण्डपमा एमालेलगायतका संगठनहरूले आयोजना गरेको जनसभामा बोल्दै अध्यक्ष ओलीले जेनजी आन्दोलनपछि बनेको सरकारले प्रतिनिधिसभा विघटनको सिफारिस गर्दा संविधानको सार र मर्मअनुसार नचलिएको धारणा व्यक्त गर्नुभयो।
उहाँले राष्ट्रिय स्वयंसेवक फोर्सलाई पार्टीको सहायक संरचना भए पनि सबै नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्ने उद्देश्यले सञ्चालन गरिएको स्पष्ट पार्नुभयो।
कार्यक्रममा महासचिव शंकर पोखरेलले संविधानिक अभ्यास, लोकतन्त्रको बलियो संरचना र राजनीतिक स्थायित्वका लागि एमाले लगातार रूपमा सक्रिय रहने बताउनुभयो।
सो अवसरमा वाग्मती प्रदेश कमिटीका इञ्चार्ज डा. राजन भट्टराई, सचिव नवराज सिलवाललगायत वक्ताहरूले पार्टीको जनपरिचालन अभियान तथा त्यसका लक्ष्यबारे धारणा राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित