बैतडीमा मिनि ट्रक खस्दा चालकको ज्यान गयो

सार्थक ब्यूरो ।बैतडीको सुर्नया गाउँपालिकामा मिनि ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार सुर्नया–सिरभाँवर सडक खण्डअन्तर्गतको भित्री मार्गमा बिहीबार राति ट्रक दुर्घटनाग्रस्त भएको हो।
प्रहरी निरीक्षक बलदेव बडूका अनुसार सुर्नया–४, संसेर्माण्डौबाट धनगढीतर्फ गइरहेको भे १ ख १६३९ नम्बरको मिनि ट्रक सुर्नया–५ कठेगौणा नजिक सडकबाट करिब ६० मिटर तल सुर्नया नदीमा खसेको प्रारम्भिक जानकारी आएको छ।
दुर्घटनामा परेर सुर्नया–४ कौलाडीका करिब २९ वर्षीय चालक नरेश महराको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाको प्रकृति र कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित