नवनियुक्त मन्त्री शर्माले लिए पद तथा गोपनीयताको शपथ

सार्थक ब्यूरो ।नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा उहाँले औपचारिक रूपमा शपथ लिनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले आजै शर्मालाई परराष्ट्रमन्त्रीको जिम्मेवारी प्रदान गर्नुभएको हो । मन्त्रिपरिषद् पुनर्गठनसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिमण्डल १५ सदस्यीय बनेको छ ।
शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री कार्की, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलगायत उच्च पदस्थ सरकारी अधिकारी, संवैधानिक निकायका प्रमुख तथा कूटनीतिक नियोगका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।
नेपाली सेनाका पूर्वरथी रहेका शर्मा यसअघि तत्कालीन सेना समायोजन विशेष समितिको सचिवालय संयोजकका रूपमा कार्यरत रहनुभएको थियो । उहाँले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनअन्तर्गत फोर्स कमाण्डरको जिम्मेवारी समेत सम्हालिसक्नुभएको छ । हाल उहाँ प्रतिरक्षा विश्वविद्यालयको अध्यक्षका रूपमा कार्यरत हुनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित