गणतन्त्र पक्षधरबीच चुनावी सहकार्यबारे छलफल चलिरहेको छः उपमहासचिव भट्ट

सार्थक ब्यूरो ।नेकपा एमालेका उपमहासचिव लेखराज भट्टले आगामी निर्वाचनमा गणतन्त्रको पक्षमा रहेका दलहरू एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । उपमहासचिवमा निर्वाचित भएपछि पहिलो पटक गृहजिल्ला कैलाली पुगेका भट्टले धनगढी विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै संविधान र गणतन्त्रको संरक्षणका लागि साझा प्रयास आवश्यक रहेको बताए ।
उनले सकेसम्म गणतन्त्र समर्थक राजनीतिक शक्तिहरूबीच सहकार्य हुनुपर्नेमा एमाले स्पष्ट रहेको उल्लेख गरे । आगामी प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस, एमाले र नेकपासहितका दलहरूबीच संयुक्त रूपमा चुनाव लड्ने सम्भावनाबारे पनि छलफल भइरहेको भट्टले जानकारी दिए ।
तीन प्रमुख दल मिलेर निर्वाचनमा जाने सम्भावना कति छ भन्ने पत्रकारको जिज्ञासामा उनले राजनीतिमा कुनै पनि विकल्प पूर्ण रूपमा असम्भव नहुने बताए । “राजनीतिमा सम्भावनालाई इन्कार गर्न सकिँदैन, नेतृत्व तहमा संवाद र छलफल भइरहेका छन्, आपसी सम्पर्क अझै नजिकिँदै गएको छ,” उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित