प्रतिनिधिसभा निर्वाचनः आज उम्मेदवारलाई निर्वाचन चिह्न वितरण

सार्थक ब्यूरो ।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारलाई आज निर्वाचन चिह्न वितरण गरिँदैछ । निर्वाचन आयोगको कार्यतालिकाअनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ ।
यस्तै, दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ । अन्तिम नामावली सार्वजनिक भएपछि अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म सम्बन्धित उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन आयोगले जनाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनका लागि माघ ६ गते देशभर उम्मेदवारी दर्ता गरिएको थियो । माघ ७ गते दाबी–विरोधका लागि उजुरी दिने अवधि तोकिएको थियो भने त्यसपछिका दिनमा मनोनयनपत्र तथा उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्दै उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिएको थियो ।
निर्वाचन आयोगका अनुसार देशभरका १६५ निर्वाचन क्षेत्रमा कुल ३ हजार ४८६ उम्मेदवारी दर्ता भएका छन् । तीमध्ये ३ हजार ८९ जना पुरुष, ३ सय ९६ जना महिला तथा एक जना अन्य उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित