सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

देश बनाउने छान्ने कि जलाउने ? अब फैसला मतदाताको हातमा

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ माघ १२, सोमबार ७:४५
in Breaking (With Image), समाचार, हाम्रो विचार
0
देश बनाउने छान्ने कि जलाउने ? अब फैसला मतदाताको हातमा

हरि प्रसाद जोशी

देश फेरि एकपटक चुनावको मोडमा उभिएको छ। १६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरू घरदैलोमा छन्, मतदाता निर्णायक मनस्थितिमा छन्। तर यो चुनाव केवल सांसद छान्ने प्रक्रिया होइन, यो देश कुन दिशामा जाने भन्ने जनमत संग्रह जस्तै बनेको छ।
यसपटकको चुनावलाई फरक बनाउने एउटा कारण छ, प्रधानमन्त्रीको अनुहार चुनावअगावै सार्वजनिक गर्ने होड। एमालेले केपी शर्मा ओली, कांग्रेसले गगन थापा र रास्वपाले बालेन साहलाई अघि सारेका छन्। नेकपाभित्र भने अझै अन्योल छ। तर प्रश्न व्यक्ति होइन, दृष्टिकोण हो, देश बनाउने राजनीति कि अराजकतालाई ठहर गर्ने राजनीति ?
भदौ २३–२४ का घटनाले यही बहसलाई तीखो बनाइदिएको छ। सडकमा भएको विध्वंस, ज्यान गुमाएका निर्दोष नागरिक र त्यसपछि देखिएको राजनीतिक मौनता  , यी सबैले एउटा गम्भीर प्रश्न उठाएको छ: हिंसालाई क्रान्ति भन्न मिल्छ ? लोकतन्त्रमा असहमति हुन्छ, आन्दोलन हुन्छ, तर राज्य र समाज जलाएर परिवर्तन सम्भव हुँदैन।
विडम्बना के छ भने, केही दल र नेताहरूले त्यो विध्वंसलाई ‘क्रान्ति’ को जामा पहिर्याउने प्रयास गरे। स्पष्ट धारणा लिनुपर्ने बेला अस्पष्टता रोजियो। यहीँबाट चुनावी रेखा कोरिएको छ  , एकातिर हिंसालाई अस्वीकार गर्दै स्थायित्व र संविधानको पक्षमा उभिनेहरू, अर्कोतिर अराजकतालाई रोमाञ्चक भाषणले ढाकछोप गर्नेहरू।
झापा–५ को चुनावी भिडन्त त्यसको प्रतीक बनेको छ। केपी ओलीविरुद्ध बालेन साहलाई उभ्याइनु सामान्य प्रतिस्पर्धा मात्र होइन, राजनीतिक सन्देश हो। प्रश्न उठ्छ , किन यही क्षेत्र ? किन यही पात्र ? यसको उत्तर समयले देला। तर मतदाताले बुझ्नैपर्छ, चुनाव भावनाले होइन, परिणामले जितिन्छ।
मतदाता अब नारा र आवेगभन्दा माथि उठिसकेका छन्। उनीहरू सोधिरहेका छन्, कसले देश चलाउँछ, कसले जलाउँछ ? कसले संविधान जोगाउँछ, कसले भिडलाई उक्साउँछ ? आजको चुनावमा यही प्रश्नको उत्तर मतपेटिकामा लेखिनेछ।
इतिहास साक्षी छ  ,  झापाले सधैं स्थिरता, विकास र राष्ट्रहित रोजेको छ। यसपटक पनि चुनावी चमकभन्दा पर हेरेर, देश बनाउने विकल्प छान्ने जिम्मेवारी झापामात्र होइन, सिङ्गो देशकै हो।  किनकि जित–हारभन्दा ठूलो कुरा छ—देश बन्छ कि फेरि जलाइन्छ ?अब फैसला जनताको हो।

Previous Post

पुरुषविहीन पहाड, अदृश्य महिला मतदाता र खोक्रो समावेशिता

Next Post

धनगढीमा निःशुल्क पार्किङ सुविधा विस्तार

Next Post
धनगढीमा निःशुल्क पार्किङ सुविधा विस्तार

धनगढीमा निःशुल्क पार्किङ सुविधा विस्तार

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.