सार्थक ब्यूरो ।कैलालीको धनगढीमा घरायसी विवादका क्रममा कुटपिट हुँदा एक महिलाको ज्यान गएको छ। धनगढी उपमहानगरपालिका–८ स्थायी ठेगाना भई हाल धनगढी–१३ राजपुरमा डेरा गरी बस्दै आएका सतिङ दाहालले आफ्नी ३० वर्षीया श्रीमती हिरा दाहालमाथि कुटपिट गरेको प्रहरीको भनाइ छ।
सोमबार भएको कुटपिटबाट गम्भीर घाइते भएकी दाहाललाई उपचारका लागि सेती प्रादेशिक अस्पताल, धनगढी लगिएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले श्रीमान् सतिङ दाहाललाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार घटनाबारे आवश्यक अनुसन्धान अघि बढाइएको छ भने मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमै राखिएको छ।


















Discussion about this post