शहीद उद्यान लैनचौरमा श्रद्धाञ्जली सभा सम्पन्न

सार्थक ब्यूरो ।शहीद दिवसको अवसरमा आज बिहान प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौंको लैनचौरस्थित शहीद स्मारकमा पुगेर श्रद्धाञ्जली अर्पण गर्नुभएको छ। देशमा प्रजातन्त्र, राष्ट्रको सार्वभौमसत्ता र नागरिक स्वतन्त्रताका लागि विभिन्न आन्दोलनका क्रममा जीवन आहुति दिने शहीदहरूको सम्मानमा हरेक वर्ष साताव्यापी कार्यक्रम आयोजना गरिँदै आएको छ।
साताव्यापी कार्यक्रमको अन्तिम दिन आज शहीद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरिएको हो। शान्ति वाटिकाबाट सुरु भएको प्रभातफेरी नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास तथा शहीदहरूको तस्बिर राखिएको बग्गीसहित शहीद उद्यान पुगेपछि सभामा परिणत भएको थियो।
श्रद्धाञ्जली सभामा प्रधानमन्त्रीसहित मन्त्रीहरू, सरकारका उच्च अधिकारी, जनप्रतिनिधि तथा सुरक्षा निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो।
यसैबीच, शहीद दिवसको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ। विगतमा केन्द्र सरकारले शहीद दिवसको सार्वजनिक बिदा कटौती गरे पनि २०८१ सालदेखि पुनः बिदा दिने निर्णय २०८० सालमै गरिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित