बैतडीमा अस्थायी मतदाताको अन्तिम सूची सार्वजनिक

सार्थक ब्यूरो।जिल्ला निर्वाचन कार्यालय बैतडीले आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि अस्थायी मतदाताको अन्तिम नामावली सार्वजनिक गरेको छ। निर्वाचनको तयारी अन्तर्गत छुटेका नामहरू समेटेर संशोधित सूची प्रकाशन गरिएको हो।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख खगेन्द्र भारतीका अनुसार बैतडीमा कुल दुई हजार ७० जना अस्थायी मतदाता कायम भएका छन्। प्रारम्भिक सूचीमा परेका छुटपुट त्रुटि सच्याउँदै अन्तिम विवरण सार्वजनिक गरिएको उहाँले जानकारी दिनुभयो।
आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा अस्थायी मतदाताले समानुपातिक प्रणालीअन्तर्गत मतदान गर्न पाउने व्यवस्था रहेको छ।
निर्वाचन कार्यालयका अनुसार अस्थायी मतदाताको श्रेणीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निर्वाचन सुरक्षामा खटिने सुरक्षाकर्मी, विभिन्न सरकारी निकायका कर्मचारी, वैदेशिक रोजगारी वा अन्य कारणले अस्थायी बसोबासमा रहेका व्यक्ति तथा कारागारमा रहेका थुनुवा र कैदीबन्दीलाई समावेश गरिन्छ। निर्वाचन प्रक्रिया प्रभावकारी र समावेशी बनाउन अस्थायी मतदाता व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित