प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार अभियान आज रातिसम्म मात्र

सार्थक व्युरो ।प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचार अभियान आज रातिसम्म मात्र जारी रहने भएको छ । आज मध्यरात १२ बजेदेखि लागू हुने मौन अवधिसँगै दल र उम्मेदवारहरूले सबै प्रकारका चुनावी गतिविधि रोक्नुपर्नेछ ।
निर्वाचन आयोगका अनुसार मौन अवधि सुरु भएसँगै प्रचारप्रसार, मत माग्ने कार्यक्रम तथा निर्वाचनसँग सम्बन्धित कुनै पनि सार्वजनिक गतिविधि गर्न पाइने छैन । आयोगले मतदान हुनुभन्दा अघिल्लो ४८ घण्टादेखि मतदान सम्पन्न नभएसम्म यो अवधि कडाइका साथ पालना गर्नुपर्ने जनाएको छ ।
आयोगले जारी गरेको निर्देशनअनुसार मौन अवधिमा सभा, सम्मेलन, अन्तर्क्रिया, गोष्ठी, कार्यशाला जस्ता कार्यक्रम सञ्चालन गर्न निषेध गरिएको छ । साथै, मतदान मितिभन्दा ४८ घण्टा अघि मतदान केन्द्रको ३०० मिटर आसपास राखिएका दल तथा उम्मेदवारका प्रचार सामग्री अनिवार्य रूपमा हटाउनुपर्ने व्यवस्था छ । कुनै पनि माध्यमबाट मतदाता प्रभावित पार्ने गतिविधि गर्नसमेत रोक लगाइएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले मौन अवधिमा आचारसंहिताविपरीत गतिविधि गरेको पाइए सम्बन्धित उम्मेदवारको मनोनयन खारेज गर्नेसम्मको कारबाही हुन सक्ने चेतावनी दिएका छन् । निर्वाचन निष्पक्ष र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न सबै पक्षलाई नियमको पालना गर्न आयोगले आग्रह गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित