प्रदिप राना
कञ्चनपुरको भीमदत्त नगरपालिका–२को सिद्धनाथ मन्दिरको प्राङ्गणमा सकारात्मक पुरुषत्व र लैङ्गिक समानता प्रवद्र्धन गर्ने तालिम कार्यक्रम सम्पन्न भएको छ । नीड्स नेपालको सहयोगमा मंगलबार आयोजित उक्त कार्यक्रम सन्तोषराज जोशीको सक्रिय नेतृत्वमा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य लक्ष्य महिला हिंसा, घरेलु हिंसा तथा लैङ्गिक हिंसा जस्ता गम्भीर सामाजिक समस्याहरू न्यूनीकरण गर्नु रहेको आयोजकले जनाएको छ ।
सहभागीहरूलाई सचेतना अभिवृद्धि गर्दै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले तालिम सञ्चालन गरिएको थियो । तालिमका क्रममा पुरुषहरूको जिम्मेवार र सकारात्मक भूमिका, लैङ्गिक समानताको महत्व तथा हिंसामुक्त समाज निर्माणका उपायहरूबारे विस्तृत रूपमा छलफल गरिएको थियो । सहभागीहरूले समाजमा सकारात्मक सोच र व्यवहार विकास गर्न आवश्यक ज्ञान र प्रेरणा प्राप्त गरेको बताएका छन् ।
यसै अवसरमा अभियानलाई दिगो र प्रभावकारी बनाउन स्थानीयस्तरमा एक सक्रिय टिम पनि गठन गरिएको छ । उक्त टिमले आगामी दिनहरूमा जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै लैङ्गिक समानता प्रवद्र्धन र हिंसामुक्त समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ ।
नीड्स नेपालको सहयोगमा सम्पन्न यस कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक परिवर्तनतर्फ महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।


















Discussion about this post