उद्योग वाणिज्य महासंघमा नयाँ नेतृत्व चयन, अञ्जन श्रेष्ठ अध्यक्षमा स्वतः पदस्थापित

सार्थक व्युरो ।नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ साधारण सभा तथा निर्वाचनमार्फत नयाँ नेतृत्व चयन गरिएको छ। वैशाख २२ गते काठमाडौंको कमलादीमा सम्पन्न मतदानको अन्तिम नतिजा सार्वजनिक भएसँगै नयाँ कार्यसमिति टुंगिएको हो।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष पदमा पुगेका छन्। एसोसिएटतर्फको उपाध्यक्ष पदमा भने प्रबलजंग पाण्डे निर्वाचित भएका छन्। उनले आफ्ना प्रतिद्वन्द्वी ज्योत्सना श्रेष्ठलाई ३२९ मतको अन्तरले पराजित गरेका हुन्। कुल १,८३४ मतमध्ये पाण्डेले १,०७९ मत प्राप्त गर्दा ज्योत्सनाले ७५० मत ल्याएकी थिइन्।
एसोसिएट सदस्यतर्फ १७ जना निर्वाचित भएका छन्। यस समूहमा सचिन ढकाल सर्वाधिक मतसहित विजयी बनेका छन्। अन्य निर्वाचित सदस्यहरूमा हेमन्त गोल्छा, अम्बिका प्रसाद पौडेल, उज्ज्वलकुमार श्रेष्ठ, शक्ति कुमार बेगानी, ऋषि अग्रवाल, सुशील थापा, रामशरण भण्डारी, राजेशकुमार अग्रवाल, सुयस प्याकुरेल, बाबुकाजी कार्की, दिवश न्यौपाने, कृष्णलाल महर्जन, प्रियराज रेग्मी, इश्वरबहादुर जिसी, सुरज उप्रेती र बटु लामिछाने रहेका छन्।
जिल्ला–नगरतर्फ उपाध्यक्ष पदमा कृष्णप्रसाद शर्मा र दिलसुन्दर श्रेष्ठ विजयी भएका छन्। तर वस्तुगत उपाध्यक्षतर्फ अञ्जन समूहका उम्मेदवार पराजित भएका छन्। उक्त पदमा नरेशलाल श्रेष्ठले ६३ मतसहित जित हात पारेका छन् भने उनका प्रतिस्पर्धी शिव घिमिरेले ६० मत प्राप्त गरेका थिए।
वस्तुगततर्फ १६ कार्यकारिणी सदस्य पदमध्ये १३ जना प्रत्यक्ष निर्वाचित भएका छन् भने बाँकी ३ जना सदस्य गोलाप्रथामार्फत चयन गरिने निर्वाचन समितिले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित