सार्थक व्युरो ।सरकारले विभिन्न विश्वविद्यालयमा उपकुलपति नियुक्तिको प्रक्रिया अघि बढाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै आठ वटा विश्वविद्यालयका लागि आवेदन आह्वान गरेको हो ।
मन्त्रालयका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय तथा राजर्षि जनक विश्वविद्यालय का उपकुलपति पदका लागि दरखास्त माग गरिएको छ ।
मन्त्रालयले ‘विभिन्न विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ अनुसार आवेदन प्रक्रिया सुरु गरिएको जनाएको छ । आवश्यक योग्यता पुगेका इच्छुक व्यक्तिलाई १० दिनभित्र आवेदन पेश गर्न आग्रह गरिएको छ ।
वैशाख १९ गते जारी गरिएको ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश’पछि विभिन्न विश्वविद्यालयका उपकुलपतिसहित अन्य पदाधिकारी पदमुक्त भएका थिए । केही पदाधिकारीले राजीनामा दिएका थिए भने केहीलाई सरकारले पदमुक्त गरेको थियो ।


















Discussion about this post