देउवा निकट नेताहरू धनगढीमा जुट्दै

सार्थक व्युरो । धनगढीमा नेपाली कांग्रेसको देउवा समूहद्वारा प्रदेशस्तरीय भेला आयोजना गरिएको छ। नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको समन्वयमा सुरु हुन लागेको उक्त भेलालाई पार्टीभित्र एकता अभिवृद्धि र संगठन पुनर्जागरणको अभियानका रूपमा प्रस्तुत गरिएको छ।
“राष्ट्रियता, लोकतन्त्र र समाजवाद” भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा पार्टी संगठनलाई थप सशक्त बनाउने, कार्यकर्ताबीच समन्वय बढाउने तथा आन्तरिक एकतालाई मजबुत बनाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।
भेलामा नेपाली कांग्रेसका प्रदेश सभापति वीरबहादुर बलायरसहित सुदूरपश्चिमका देउवा निकट नेता तथा कार्यकर्ताहरूको उल्लेख्य सहभागिता रहने बताइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित