सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८३ असार १०, बुधबार ७:४६
in Breaking (With Image), आर्थिक समाचार, समाचार, सुदूरपश्चिम प्रदेश
0
मृतकको नाममा भत्ता निकासा, असुल गर्न निर्देशन

सार्थक ब्यूरो । कञ्चनपुरमा १८७ मृतकको नाममा सामाजिक सुरक्षा भत्ता निकासा गरेको भेटिएको छ । यहाँका सात स्थानीय तहले १८७ जना मृतकको खातामा १५ लाख सात हजार रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेका हुन् ।
शुक्लाफाँटा नगरपालिकाले आर्थिक वर्ष २०८१ र २०८२ मा ३५ जना मृतकको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । नगरपालिकाले सो आवमा दुई लाख ५९ हजार १११ रुपियाँ मृतकको खातामा भत्ता निकासा गरेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । यसका साथै शुक्लाफाँटा नगरपालिकाले एक जनालाई ८४ हजार रुपियाँ दोहोरो भत्ता तथा एक जना विधवा विवाहितको खातामा पनि भत्ता निकासा गरेको छ ।
लालझाडी गाउँपालिकाले पनि आव २०८१र८२ मा अन्य ज्येष्ठ नागरिक भत्ता, अति अशक्त अपाङ्गता भत्ता, ज्येष्ठ नागरिक ९दलित० भत्ता लाभग्राहीको मृत्यु भएको एक वर्षसम्म निकासा गरेको पाइएको छ । गाउँपालिकाले सो आवमा १३ जना मृतकको खातामा ९२ हजार २७३ रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनले पुष्टि गरेको छ । प्रतिवेदन अनुसार सबैभन्दा बढी अन्य ज्येष्ठ नागरिक भत्ता अन्तर्गत एक मृतक पुरुषको खातामा तेस्रो किस्ताको ३० हजार ४५२ रुपियाँ निकासा गरिएको छ ।
त्यसै गरी जिल्ला सदरमुकामस्थित भीमदत्त नगरपालिकाले आव २०८१र८२ मा चार लाख २० हजार १९६ रुपियाँ मृतकका खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । सो पालिकाले ३३ जना ज्येष्ठ नागरिक, एकल महिला तथा दलितका खातामा मृत्यु भएपछि पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको लेखा परीक्षकको प्रतिवेदनले पुष्टि गरेको छ । भीमदत्तले सबैभन्दा बढी वडा नम्बर १६ का ज्येष्ठ नागरिक पुरुषको निधनपछि ३८ हजार ६६७ रुपियाँ निकासा गरेको प्रतिवेदनमा उल्लेख छ ।

बेलौरी नगरपालिकाले पनि आव २०८१र८२ मा १७ जना विधवा, अन्य ज्येष्ठ नागरिकको मृत्यु भएपछि खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनमा सबैभन्दा बढी वडा नम्बर ७ का मृतक ज्येष्ठ नागरिकको खातामा २६ हजार ६२० गरी १७ जना मृतकको खातामा एक लाख ३० हजार २५७ रुपियाँ निकासा गरेको उल्लेख छ । वेदकोट नगरपालिकाले पनि सोही आवमा दुई लाख ६० हजार रुपियाँ मृत्यु भइसकेका व्यक्तिको खातामा सामाजिक सुरक्षा भत्ता निकासा गरेको छ । महालेखा परीक्षकको कार्यालयले मृत्यु भएका व्यक्तिको खातामा निकासा गरिएको सो रकम खाताबाट फिर्ता ल्याएर सङ्घीय सञ्चित कोषमा दाखिला गर्न लगाएको छ ।
महालेखा परीक्षकको कार्यालय अनुसार पश्चिमी क्षेत्रस्थित दोधाराचाँदनी नगरपालिकाले भने एक जना मृतकको खातामा पाँच हजार ४१९ रुपियाँ नगद जम्मा गरेको पाइएकाले सो रकम फिर्ता गर्न लगाइएको छ । त्यसै गरी कृष्णपुर नगरपालिकाले आव २०८१र८२ मा अन्य ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गता भत्ता, विधवा भत्ता गरेर ४९ जना मृतकको खातामा तीन लाख ३८ हजार ८९१ रुपियाँ सामाजिक सुरक्षा भत्ता निकासा गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ । कृष्णपुरले सबैभन्दा बढी वडा नम्बर ५ का मृतक ज्येष्ठ नागरिकको खातामा ३० हजार ६६७ रुपियाँ निकासा गरेको प्रतिवेदनले देखाएको छ । लाभग्राहीले मृत्यु भएको दिनसम्म सामाजिक सुरक्षा भत्ता पाउन सक्ने भए पनि यहाँका स्थानीय तहले भने लगत कट्टा नगरेरै मृत्युपछि पनि रकम भुक्तानी गर्ने गरेको महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखा परीक्षण प्रतिवेदनमा उल्लेख छ ।
सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को नियम १५ ९२ र ४० बमोजिम मृत्यु भइसकेका व्यक्तिले मृत्यु भएको दिनसम्मको भत्ता निजको हकवालाले पाउने उल्लेख छ तर यहाँका स्थानीय तहले भने सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रिया व्यवस्थित ढङ्गले सञ्चालन नगर्नुका साथै भत्ता पाउन अयोग्य, मृत्यु भइसकेका व्यक्तिको समयमै लगत कट्टासमेत नगर्ने गरेको पाइएको हो । यसले राज्यमाथि भार पर्न गएको भन्दै महालेखा परीक्षकको कार्यालयले पालिकालाई मृतकको खातामा पठाइएको भत्ता रकम असुल गर्न लगाएको छ ।
स्थानीय तहले भने वडाबाट सिफारिस भएर आउने भएकाले यसमा केही त्रुटि भएको स्वीकार गरेका छन् । शुक्लाफाँटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज विष्टले जानाजान मृतकको खातामा भत्ता निकासा नगरिएको जिकिर गर्नुभयो । उहाँले भन्नुभयो, “वडाबाट सिफारिस, मृत्युदर्ता प्रमाणपत्र नभईकन भत्ता रोक्का गर्न सकिँदैन । बढी निकासा भएको पूरै रकम असुल गर्न लगाउने छौँ ।”

Previous Post

गोदावरी टेम्पो प्रकरणमा सहमति, पीडितलाई ५ लाख रुपैयाँ राहत उपलब्ध गराइने

Next Post

धनगढीका ६ होटलमा प्रहरीको निगरानी, २४ जना नियन्त्रणमा

Next Post
धनगढीका ६ होटलमा प्रहरीको निगरानी, २४ जना नियन्त्रणमा

धनगढीका ६ होटलमा प्रहरीको निगरानी, २४ जना नियन्त्रणमा

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.