मुलुकमा विश्वविद्यालय र विद्यालयहरु थपिदै गएका छन भने विद्यार्थी संख्या दिनानुदिन घट्दै गएको छ । जेनतेन ं२ अर्थात १२ कक्षा उत्तीर्ण हुने वित्तिकै विद्यार्थी विदेश जाने होडमा होमिन्छन । जसरी पनि विदेश जाने होडबाजीले विद्यार्थीका अभिभावकले ठूलो धनरासी जोहो गर्न घरबार धितो बन्धक गरि ऋणी हुनु परेको छ । अर्कोतर्फ मुलुकको मेधावी छात्रहरु देश छोडी विदेशमै पीआर लिई बसि रहेका छन । छात्रछात्राहरुलाई स्वदेशमा भविष्य छ यहि बसेर पढनु पर्दछ भन्ने आस सरकारले जगाउन सकेको छैन । मुलुकको शिक्षा काम नलाग्ने भनि विदेशिनु भनेको मुलुक असफल राष्ट्र तिर उन्मुख भईरहेको अवस्था छ । मेधावी छात्रहरुको पहिलो रोजाईमा अमेरिका, अष्ट्रेलिया, जापान, जर्मन, क्यानडा बनि रहेको छ भने ती मुलुकमा जान नसक्नेहरु भारत चीन तीर हानिई रहेका छन । यसका अतिरिक्त रोजगारीका लागी विदेशिने संख्या पनि दिनानुदिन बढिरहेको छ । युरोप अमेरिकाका अतिरिक्त कोरिया, भारत र खाडी मुलुकहरुमा आफ्नो ज्यान जोखिममा राखेर काम गरिरहेका छन । विदेश गएर पैसा कमाउने प्रलोभनमा घरबार बेचिएका छन । विदेश पठाईदिने भन्दै खोलिएका पसलहरुबाट ठगिने गरेका छन । घरखेत बन्धक राखेर अथवा बेचेर भएपनि विदेश जानेहरुको लर्को देख्न सकिन्छ ।
मुलुक बनाउँछौं भनि राजनीति गर्नेहरु मुलुकमा शुसासन स्थापित गरेर मुलुकबासीलाई शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी गर्नुपर्नेमा त्यसको व्यापारमा व्यस्त रहेका छन । सत्ता प्राप्तिका लागी जस्तो सुकै कदम चालिरहेका छन । बहुदलीय व्यवस्था स्थापनापछि मुलुकमा सञ्चालनमा रहेका उद्योगहरु बन्द भएका छन । स्थापित उद्योगहरु बेचिएका छन । अनियमितता र भ्रष्टाचार गरि बेचिएका उद्योगधन्धा बारे अहिले चर्चा परिचर्चा भई कारवाही चलाउने नाममा फेरी घुसखोरी हुने र साम्य पारिने परिपाटी दोहरिने अवस्था छ । मुलुकमा सञ्चालन गर्न र खोल्न सकिने उद्योगधन्धाका बारेमा चर्चा नै हुदैन । श्रम स्वीकृति लिई विदेशिन सरकार स्वयम प्रोत्साहन दिइरहेको छ । मुलुकमा आवश्यक कामदारहरु भारतबाट नेपाल आएर मनग्य धन कमाएर लागी रहेका छन । भारतीय नागरिकले दैनिक रुपमा कम कमाउनेले दैनिक एक हजार देखि २ हजार सम्म दैनिक कमाएर लगी रहेका छन । मुलुकमा आवश्यक जनशक्ति उत्पादन गर्ने तर्फको खर्च बालुवामा पानी भएको छ । बर्षेनी अरर्बौ रुपियाँ तालिमका नाममा खर्च गरिन्छ तर दिइएका तालिमहरु काम लागेका छैनन् । ईटा बनाउने, कालोपत्रे गर्ने, घर निर्माण र काठको काम गर्ने देखि स्टील फर्निचर र फर्निचरको क्षेत्रमा काम गर्ने भारतीय नागरिक रहेका छन । यति मात्र होइन फुटपाथमा साग तरकारी, फलफूल र चाट अथवा चटपटा बेच्ने पनि भारतीय नागरिक छन । खाद्यान्न बेचविखनमा भारतीय नागरिक रहेका छन । भारतीय नागरिकले नेपालमा आएर मनग्य आम्दानी गरिरहेका छन भने नेपाली नागरिक किन विदेशीरहेका छन । यो प्रश्न शासन सत्तामा रहेकाहरुले उठाई रहेका छैनन् । एक केन्द्रीय सरकार र ७ प्रदेश सरकारसँगै ७५३ पालिका सरकारहरु व्यवहारमा चलिरहेका छन । मुलुकमा विद्यमान रहेका सरकारहरु सञ्चालन खर्चमै मुलुकको ढुकुटी रित्तीरहेको छ । सरकार जनताको जनजिविकासँगको साइनो नै विर्सिएर सत्तासिन जनप्रतिनिधिहरु सरकार बनाउन र भत्काउने खेलमा व्यस्त देखिन्छन । राजनैतिक दलहरुले आफ्नो नीति कार्यक्रम र सिद्धान्त बन्धकीमा राखेर सत्ता नै सिद्धान्तको खेलमा लागेका छन । यस्तो अवस्थामा बढदो विदेश मोह रोक्न कसरी सकिन्छ भन्ने चिन्ता र चाँसो कसले गर्ने भन्ने प्रश्न उठाइनु आवश्यक छ । आफ्नो ज्यानको परवाह समेत नगरेर रुस–युक्रेन युद्धमा नेपाली मरिरहेका छन । नेपालीलाई रुस पुगाउने मानव तस्करहरु कसको संरक्षणमा छन । तीनीहरुमाथि कारवाही कसले गर्ने ? यस्ता तमाम सवालहरु छन, यस्तो अवस्थामा बढ्दो विदेश मोह रोक्न कारगर कदम चाल भनि जनदवाव बढाइनु आवश्यक छ र त्यस्तो दवाव दिइनु पर्दछ ।
















Discussion about this post