सार्थक व्युरो । अत्यधिक गर्मी बढेसँगै कञ्चनपुरका दुई स्थानीय तहका विद्यालयहरू अस्थायी रूपमा बन्द गरिएका छन् । कृष्णपुर नगरपालिका र भीमदत्त नगरपालिका ले सामुदायिक तथा निजी सबै विद्यालयमा एक साताका लागि पठनपाठन स्थगित गर्ने निर्णय गरेका हुन् ।
नगरपालिकाहरूले आइतबार छुट्टाछुट्टै सूचना जारी गर्दै बढ्दो गर्मीका कारण विद्यार्थीको स्वास्थ्य जोखिममा पर्न सक्ने भएकाले जेठ १३ गतेसम्म स्थानीय बिदा दिइएको जनाएका छन् ।
त्यसपछि जेठ १४ गते बिहीबार बकर इद र जेठ १५ गते गणतन्त्र दिवसका अवसरमा सार्वजनिक बिदा पर्नेछ । त्यसैगरी १६ र १७ गते नियमित शनिबार र आइतबारको साप्ताहिक बिदा परेकाले विद्यालयहरू लगातार एक साता बन्द रहने भएका हुन् ।
कृष्णपुर नगरपालिका का सूचना अधिकारी प्रेम बोगटी ले अत्यधिक गर्मीका कारण दिइएको तीन दिनको स्थानीय बिदा पछि अन्य सार्वजनिक तथा साप्ताहिक बिदासँग जोडिँदा विद्यालय एक साता बन्द हुने अवस्था बनेको स्पष्ट गर्नुभयो ।


















Discussion about this post