नवजीवन सहकारीको नेतृत्वमा पाठक निर्वाचित, उपाध्यक्षमा जोशी

सार्थक व्युरो । धनगढीस्थित मुख्य कार्यालय रहेको नवजीवन सहकारी संस्था को अध्यक्ष पदमा गोपालराज पाठक निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनको अन्तिम परिणामअनुसार पाठकले निकटतम प्रतिस्पर्धी केशव मिश्रलाई ३१५ मतान्तरले पराजित गर्दै अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।
निर्वाचन समितिका अनुसार पाठकले कुल ४ हजार ७८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी केशव मिश्रले ४ हजार ४६९ मत ल्याए भने अर्का उम्मेदवार घनबहादुर शाहले ३ हजार ६४४ मत प्राप्त गरेका थिए ।
यसैगरी उपाध्यक्ष पदमा पनि पाठक समूहकै उम्मेदवार उत्तम जोशी विजयी भएका छन् । अन्य पदहरूको मतगणना भने अझै जारी रहेको निर्वाचन समितिले जनाएको छ । प्रारम्भिक नतिजाअनुसार केही पदमा पाठक समूहले अग्रता लिएको छ भने केही स्थानमा प्रतिद्वन्द्वी समूहका उम्मेदवार अगाडि देखिएका छन् ।
निर्वाचनमा सहकारीका शेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको बताइएको छ । अध्यक्षमा निर्वाचित भएपछि पाठकले सहकारीलाई थप पारदर्शी, उत्तरदायी र सदस्यमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले संस्थाको आर्थिक सुदृढीकरण, सेवा विस्तार तथा सदस्य हितलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित