सेती अस्पतालमा निःशुल्क प्लास्टिक सर्जरी शिविर :असार ९ गतेबाट प्रारम्भिक जाँच सुरु

सार्थक ब्यूरो । सेती प्रादेशिक अस्पताल, धनगढीमा शारीरिक विकृति भएका तथा अपाङ्गता बोकेका बिरामीहरूका लागि निःशुल्क प्लास्टिक सर्जरी शिविर सञ्चालन हुने भएको छ। शिविरमा सहभागि हुन चाहने बिरामीहरूको प्रारम्भिक स्वास्थ्य परीक्षण आगामी असार ९ गते बिहान १० बजेबाट सुरु हुनेछ।
फेक्ट नेपाल रिसर्च परियोजनाका फिल्ड संयोजक कैलाश श्रेष्ठका अनुसार शिविरमा निम्न प्रकारका समस्याबाट पीडित बिरामीहरूको निःशुल्क अपरेसन गरिनेछ :
जन्मजात ओठ तथा तालु चिरेका
आगलागीबाट पोलेर अङ्ग टाँसिएका (पोस्ट बर्न कन्ट्र्याक्चर)
औँला जोडिएको वा बढी भएका
पहिले अपरेशन भए तापनि सुधार नभएका
नाक, कान, हात, खुट्टालगायत शारीरिक अङ्गमा जन्मजात विकृति भएका
शिविर सेती प्रादेशिक अस्पताल, फेक्ट नेपाल र कीर्तिपुर अस्पताल, काठमाडौँको संयुक्त आयोजनामा सञ्चालन हुने छ।
उपचारको अवसर लिन इच्छुक बिरामीहरूलाई तोकिएको मितिमा अस्पतालमा उपस्थित भई प्रारम्भिक जाँच गराउन आयोजक पक्षले अनुरोध गरेको छ।
थप जानकारीका लागि निम्न फोन नम्बरहरूमा सम्पर्क गर्न सकिनेछस: ९८५८२०६०६० ,९८५८२३३२७५ ,९८४७७३७३७७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित