लागूऔषधसहित कञ्चनपुरमा ३ जना पक्राउ

सार्थक ब्यूरो । कञ्चनपुरमा लागूऔषधसहित ३ जना पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–११ गड्डाचौकी स्थित नेपाल भारत सिमाना ७ नम्बर पिल्लर नजिकबाट भारतबाट नेपाल तर्फ पैदल आउँदै गरेको अवस्थामा भीमदत्त नगरपालिका–६ बस्ने २६ वर्षीय राजेश गुरुङ पक्राउ परेका छन् ।
गुरुङलाई १ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइनसहित सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कञ्चनपुर, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।
यस्तै बेलौरी नगरपालिका–७ खैराना स्थित कलकत्ता बेलौरी सडक खण्डबाट पुर्नवास नगरपालिका–१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना लागूऔषधसहित पक्राउ परेका छन् । यी दुबै जनालाई शुन्य दशमलव ९१ ग्राम लागूऔषध खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय बेलौरी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित