इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोगको सङ्क्रमण देखा

सार्थक ब्यूरो । कैलाली र कञ्चनपुरका इँटाभट्टामा पालिएका घोडा र खच्चरमा ‘ग्ल्यान्डर्स’ रोग देखा परेको छ।इँटाभट्टामा घोडा र खच्चर मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला धनगढीको पशु चिकित्सक सहितको टोलीले जाँच गर्ने क्रममा ‘ग्ल्यान्डर्स’ रोग पत्ता लागेको हो। कैलालीको जानकी गाउँपालिका–३ मा सञ्चालित इँटाभट्टामा पालिएका घोडामा ‘ग्ल्यान्डर्स’ रोग देखियो प्रयोगशालाका वरिष्ठ पशु चिकित्सक नरेशप्रसाद जोशीले भने– त्यसपछि बेदकोट नगरपालिका–६ स्थित इँटाभट्टामा पालिएका खच्चरमा त्यो रोग देखा परेको छ ।
घोडाको रगतको नमूनाको पिसिआर परीक्षणका लागि काठमाडौँंस्थित प्रयोगशालामा पठाएकामा त्यसबाट जीवाणुबाट सर्ने ‘ग्ल्यान्डर्स’रोग भएको पत्ता लागेको उनले बताए। इँटा बोक्न भारतबाट घोडा–खच्चर ल्याउने गरेकाले ‘ग्ल्यान्डर्स’ रोग फैलिएको हुनसक्ने उनले बताए।
‘ग्ल्यान्डर्स’ रोग देखापरेका जनावरमा उच्च ज्वरो आउनका साथै नाक र आँखाबाट तरल पदार्थ बग्ने, फोक्सोलगायत श्वासप्रस्वास प्रणालीमा असर पर्ने गर्दछ। यसैगरी, छालामा गिर्खा देखिने र क्रमशः निको हुँदै तारा आकारको डाम रहने र समयमा उपचार नपाएमा घोडा खच्चरको मृत्यु हुने गर्दछ। यो मानिसमा पनि सर्न सक्ने भएकाले यसबारे सचेत हुनुपर्ने वरिष्ठ पशु चिकित्कसक जोशी बताउछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित