सार्थक ब्यूरो । इजरायलस्थित नेपाली दूतावासले इजरायल र इरानबीच बढ्दो द्वन्द्वका बीच त्यहाँ रहेका नेपाली नागरिकहरूको उद्धार तथा स्वदेश फिर्तीका लागि विवरण संकलन सुरु गरेको छ।
तेल अविवस्थित नेपाली दूतावासले मंगलबार एक सूचना जारी गर्दै समस्यामा परेका वा त्रासमा रहेका नेपाली नागरिकहरूको पहिचान तथा आवश्यक सहयोगको उद्देश्यले अनलाइन दर्ता फाराम उपलब्ध गराइएको जानकारी दिएको छ।
“इजरायलमा विकसित पछिल्लो परिस्थितिका सन्दर्भमा समस्यामारत्रासमा रहेका नेपाली नागरिकहरूको उद्धार, स्वदेश फिर्ती तथा अन्य प्रयोजनका लागि आधार तयार गर्न सूचना संकलन प्रक्रिया सुरु गरिएको हो,” सूचनामा उल्लेख छ। इच्छुक व्यक्तिहरूले अनलाइन रजिस्ट्रेशन प्रणालीमार्फत आवश्यक विवरण पेश गर्न सक्ने व्यवस्था गरिएको दूतावासले जनाएको छ।
इजरायल र इरानबीचको युद्ध चर्किँदै गएका कारण विभिन्न देशहरूले आफ्ना नागरिकको उद्धार कार्य अघि बढाइरहेका छन्। सोही सन्दर्भमा नेपाली दूतावासले पनि सक्रियता देखाएको हो।


















Discussion about this post