अछामको बयालपाटा अस्पताललाई जापानद्वारा मेडिकल उपकरण हस्तान्तरण

सार्थक ब्यूरो ।अछामको साँफेबगर नगरपालिकामा अवस्थित बयालपाटा अस्पतालमा जापान सरकारले प्रदान गरेको मेडिकल उपकरणको हस्तान्तरण गरिएको छ।मंगलबार जापान सरकारको ग्रासरुट मानव सुरक्षा परियोजना (जीजीपी) अन्तर्गत, बयालपाटा अस्पतालमा ट्रमा तथा अस्थि उपचार सेवा प्रवाहका लागि आवश्यक मेडिकल उपकरण स्थापनाको लागि ६६,२६३ अमेरिकी डलर (झण्डै ८९ लाख नेपाली रुपैयाँ) बराबरको अनुदान प्रदान गरिएको हो।
बयालपाटा अस्पताल न्याय हेल्थ नेपाल नामक गैरसरकारी संस्थाले प्रदेश र स्थानीय सरकारसँगको सहकार्यमा अछाम, बझुरा, डोटी (सुदूरपश्चिम प्रदेश) तथा कालीकोट र दैलेख (कर्णाली प्रदेश) जिल्लाका लागि प्रमुख स्वास्थ्य संस्थाका रूपमा सञ्चालन गर्दै आएको छ। सो अवसरमा नेपालका लागि जापानी कार्यवाहक राजदूत तमुरा ताकाहिरोले परियोजनाको सफल कार्यान्वयनमा संलग्न सबै पक्षको प्रयासप्रति प्रशंसा व्यक्त गर्दै, उक्त सहयोगले ग्रामीण क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच वृद्धि हुनुका साथै जापान र नेपालको जनस्तरीय सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे।
जीजीपी कार्यक्रम जनस्तरमा प्रत्यक्ष लाभ पुग्ने परियोजना कार्यान्वयन गरी देशको सामाजिक–आर्थिक विकासमा योगदान र्पुयाउने उद्देश्यले स्थापना गरिएको हो। सन् १९९१ देखि हालसम्म नेपालमा २ सय भन्दा बढी जीजीपी परियोजनाहरू कार्यान्वयन भइसकेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित