सुदूरपश्चिम युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउद नियुक्त

सार्थक ब्यूरो ।सुदूरपश्चिम प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्षमा गजेन्द्र साउद नियुक्त भएका छन्। प्रदेश सरकारअन्तर्गतको सामाजिक विकास मन्त्रालयले साउदलाई नियुक्त गरेको हो।साउद विगत करिब एक दशकदेखि खेलकुद, युवा नेतृत्व विकास तथा सामाजिक अभियन्ताका रूपमा सक्रिय रहँदै आएका थिए।
प्रदेश सरकारले युवाको नेतृत्व विकास, क्षमता अभिवृद्धि तथा नीति निर्माणमा उनीहरूको सहभागिता सुनिश्चित गर्न परिषदमार्फत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
कार्यकारी उपाध्यक्षको जिम्मेवारी पाएको सन्दर्भमा साउदले युवाको क्षमता विकास, उद्यमशीलता प्रवर्द्धन र सामाजिक न्यायका पक्षमा प्रभावकारी कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।
उनले सुदूरपश्चिमका सबै जिल्लाका युवालाई एकीकृत गर्दै समावेशी सोच र दीर्घकालीन कार्यक्रम अघि सार्ने योजना बनाएको जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित