सार्थक अनलाईन
Live
Top Logo Side Ad
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper
Live
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • स्वास्थ्य
  • आर्थिक
  • राजनीति
  • अन्तर्वार्ता
  • अभिलेख
  • प्रदेश समाचार
  • रोचक
  • खेल समाचार
  • अन्तर्राष्ट्रिय
  • विविध
  • ENGLISH
  • ePaper

सांसदहरूसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो : पहिचानको नाममा नक्कली हाबी

सार्थक अनलाईन by सार्थक अनलाईन
२०८२ श्रावण १३, मंगलवार ६:४०
in Breaking (With Image), समाचार
0
सांसदहरूसँग यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको गुनासो : पहिचानको नाममा नक्कली हाबी

सार्थक ब्युरो।लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको अधिकार र सङ्घीय सांसदहरूको भूमिका विषयक एक दिने राष्ट्रिय संवाद कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ।कार्यक्रममा सहभागी सांसदहरूले यस्ता विषय प्रकृतिसँग जोडिएको भन्दै गम्भीर र वैज्ञानिक छलफलमार्फत कानुनी संरचना निर्माणमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन्।
मायाको पहिचान नेपाल, लिड नेपाल, इनक्लुसिभ फोरम नेपालको संयुक्त आयोजना र ‘फ्रेन्ड्स फर एभर’ ९नीति संवाद तथा अनुसन्धानका लागि सांसदहरूको समूह० को सहकार्यमा संवाद कार्यक्रम आयोजना गरिएको हो।
आयोजक संस्थाहरूका अनुसार सङ्घीय सांसदहरूलाई लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका विषयमा संवेदनशील बनाउने, संवादद्वारा समझदारी अभिवृद्धि गर्ने र कानुनी संरचना निर्माणमा सांसदहरूको सक्रियता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा सांसदहरूले समाजमा देखिने विकृति रोक्न, स्वास्थ्य र आर्थिक असर नपर्ने गरी कानुनी मापदण्डहरू निर्माण गर्नुपर्ने धारणा राखे। प्राकृतिक रूपमा जन्मिएका व्यक्तिहरूका अधिकार राज्यले सुनिश्चित गर्नुपर्नेमा उनीहरूको जोड थियो।
कानुन न्याय तथा मानव अधिकार समितिकी सभापति विमला सुवेदीले यो विषय व्यक्तिको दोष नभई प्रकृतिसँग सम्बन्धित भएको बताउँदै, “प्राकृतिक हिसाबले जन्मिएको मानवलाई मानवताको आधारमा अधिकार दिनुपर्छ भन्ने अभियानमा म पनि छु,” भनिन्। उनले समिति स्तरमा आवश्यक समन्वय र छलफल गर्ने प्रतिबद्धता जनाइन्।
शिक्षा समितिका सभापति अमरबहादुर थापाले संविधानले कुनै पनि नागरिकलाई विभेद नगरेको उल्लेख गर्दै, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको आवाज संसदमा उठाउने प्रतिबद्धता जनाए। “दैवी शक्ति होइन, प्राकृतिक रूपमा हुर्किएका व्यक्तिलाई राज्यले सुविधा दिनुपर्छ,” उनले भने।
समावेशी मञ्चकी अध्यक्ष बद्री पुनले पहिचानको नाममा नक्कली हाबी हुँदा सक्कलीहरूको अवस्था दयनीय बन्न पुगेको बताए। तेस्रोलिंगी पहिचानमा नागरिकता लिएका पुनले, “नक्कलीलाई आउट गरी सक्कलीलाई इन गरिदिनुहोस्,” भन्ने आग्रह सांसदहरूलाई गरे।
लिड नेपालकी कार्यकारी निर्देशक नुमा लिम्बु चञ्चलाले समुदायका लागि लेखिएका अधिकारहरू व्यवहारमा लागू नहुँदा पीडा भएको बताइन्। उनले महिलाको नाममा नागरिकता लिएको आफ्नो उदाहरण सुनाउँदै, “हामीजस्ता महिलालाई स्वीकार गर्ने कि अस्वीकार गर्नेरु” भन्ने प्रश्न गरिन्। नागरिकतामा देखिएको अन्योल अन्त्य गरी पहुँच आधारित नीति होइन, प्रतिनिधित्व सुनिश्चित हुने कानुन बनाइदिन सांसदहरूलाई आग्रह गरिन्।
मायाको पहिचान नेपालका कार्यकारी निर्देशक तथा संविधान सभाका पूर्वसदस्य सुनिल बाबु पन्तले पश्चिमेली विचार र पूर्वीय दृष्टिकोणबीचको भिन्नता औँल्याउँदै लैङ्गिक पहिचानको नाममा भइरहेको सेक्स चेन्जको प्रवृत्ति अप्राकृतिक र विकृत भएको टिप्पणी गरे। “लिङ्ग नकाटीकन पनि महिलाको नागरिकता लिएका छन्,” भन्दै उनले आत्मनिर्णयको नाममा ६–६ महिनामा जेन्डर चेन्ज गर्नुपर्ने मागले भद्रगोल ल्याउने बताए।
राष्ट्रिय सभा सदस्य रेणु चन्दले नागरिकता ऐन संशोधन गर्न बनेको विधेयक विधायन समितिमा आइसकेको जानकारी दिइन। “दुई ठुला देशको बीचमा नबसेको भए यति कम्प्लिकेटेड हुँदैनथ्यो,” उनले भनिन्। पहिचानका विषयमा खुला छलफल हुन नसकेको उनको गुनासो थियो।
नागरिक अभियन्ता दिनेश सापकोटाले पहिचान दिने विषयलाई मानसिक अनुभूति र सामाजिक संरचनासँग जोडेर हेर्नुपर्ने सुझाव दिए। उनले भने, “जे हो, त्यसैमा बाँच्छौँ भन्ने आत्मस्वीकृति महत्त्वपूर्ण हो।” राजनीतिक दलहरू समुदायको मुद्दामा बेइमान देखिएको उनको आरोप थियो।
महिला तथा सामाजिक समितिका सचिव इन्द्रविलाश पौडेलले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको तथ्याङ्क वैज्ञानिक आधारमा नआएको स्वीकार गरे। समाजको पूर्वाग्रह र पहुँचको अभावले नागरिकता, रोजगारी र आरक्षणमा समुदाय वञ्चित भएको उल्लेख गर्दै, “सत्य तथ्याङ्क आउन जनचेतना र सहभागिताको खाँचो छ,“ उनले भने।
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका प्रतिनिधिले समलिङ्गी विवाहसम्बन्धी कानुन बनाउने विषय कानुन आयोगसम्म पुगे पनि आयोगले फिर्ता पठाएको जानकारी गराए। उनले कानुनी अड्चनका बाबजुद समलिङ्गी विवाहसम्बन्धी कानुनी आधार तयार गर्न बजेट विनियोजन गरिएको बताए।
संवादका क्रममा सांसददेखि नागरिक अभियन्तासम्मले अधिकार, पहिचान र कानुनी संरचना विषयमा गम्भीर विमर्श प्रस्तुत गर्दै, नीति निर्माणमा समुदायको सीधा सहभागिता आवश्यक रहेको धारणा राखे। कार्यक्रमले अधिकारको बहसलाई नयाँ दिशातर्फ अघि बढाउने अपेक्षा सहभागीहरूले व्यक्त गरे।

Previous Post

अब प्रदेश सरकार मातहत बयालपाटा अस्पताल

Next Post

प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको छ : प्रधानमन्त्री ओली

Next Post
प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको छ : प्रधानमन्त्री ओली

प्रकृतिको संरक्षण आजको प्रमुख चुनौती बनेको छ : प्रधानमन्त्री ओली

Discussion about this post

भर्खरै प्रकाशित

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

 तिहारका नाममा खुलेआम पटाका पड्काउदा 

२०८३ कार्तिक २६, बिहीबार ६:४५
नागरिक विवेकको मत

नागरिक विवेकको मत

२०८३ कार्तिक २३, सोमबार ८:२०
 सक्षम नेतृत्व छानौं

 सक्षम नेतृत्व छानौं

२०८३ कार्तिक २२, आईतवार ७:०७
नारा होइन उत्पादन गर्

नारा होइन उत्पादन गर्

२०८३ कार्तिक २२, आईतवार ६:५९
कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

कञ्चनपुरमा सरकारी धान खरिद सुरु, कोटा नपाउँदा किसान निराश

२०८३ कार्तिक २१, शनिबार १०:३४
महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

महाकाली करिडोरको कछुवा गति : १५ वर्षमा ६ किलोमिटर मात्रै कालोपत्रे

२०८३ श्रावण २९, शुक्रबार ६:५७
नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ। हाम्रो कार्यालय भिमदत्त नगरपालिका वडा नं ४, कन्चनपुर अवस्थित छ।
अनलाईन सञ्चारमाध्यम दर्ता प्रमाणपत्र नं. : ३६८२–२०७९/८०
सूचीकरण प्रमाणपत्र नं. ३७३३
समाचार तथा विज्ञापनकालागि: +977 985-8751107
समाचार हेडलाइन
  • समाचार
  • राजनीति
  • आर्थिक
  • समाज
  • शिक्षा
  • धर्म संस्कृति
  • मनोरञ्जन
  • साहित्य र कला
  • अन्तर्राष्ट्रिय
  • खेलकुद
हाम्रो टिम
  • सम्पादक : हरि प्रसाद जोशी
  • व्यवस्थापक : प्रदिप राना
  • डेस्क प्रमुख : बिर सिंह ऐर
सामाजिक संजाल
Facebook X-twitter Youtube Envelope
Copyright © 2026 Sarthak Online. All Rights Reserved.
Live
  • गृहपृष्ठ
  • समाचार
    • विश्व समाचार
  • स्वास्थ्य
  • आर्थिक
    • शेयर बजार
    • बैंक तथा वित्त
  • राजनीति
    • नेपाली काङ्ग्रेस
    • नेकपा एमाले
    • माओवादी
    • राष्ट्रिय प्रजातन्त्र पार्टी
  • अन्तर्वार्ता
  • अभिलेख
    • हाम्रो विचार
    • फोटो फिचर
  • प्रदेश समाचार
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • रोचक
  • खेल समाचार
    • स्थानीय खेल
    • राष्ट्रीय खेल
    • अन्तर्राष्ट्रिय खेल
  • अन्तर्राष्ट्रिय
  • विविध
    • धर्म संस्कृति
    • मनोरञ्जन
    • मौसम
    • शिक्षा
    • समाज
    • साहित्य र कला
  • ENGLISH
  • ePaper

Copyright © 2024 Sarthak Online. All Rights Reserved.