काँग्रेस नेता गुरुङ्गले डिआईजीलाई भने, ‘लालझाडीका किसान ठग्ने गिरोह थाईल्याण्ड लुकेका छन’

पिके राना

कञ्चनपुर । नेपाली काँग्रेसका नेता गोपाल गुरुङ्गले लालझाडीका किसान ठग्ने गिरोह विदेशमा लुगेको र केही विदेश गएर पैशा उठाएको बताएका छन । काँग्रेस नेता गुरुङ्गले ग्रामिण भेगका सोझा साझा किशानलाई अनुदानमा कृषि समाग्री दिन्छु भनेर अग्रीम रकम अशुल्ने गिरोह नेपाल मात्रै होईन विदेशमा लुगेर बसेको बताए ।

किसानको न्यायका लागि प्रहरी कार्यालय पुगेको काँग्रेस नेता गुरुङ्ग कञ्चनपुरका एसपी खडक बहादुर खत्री, सुप प्रदेशका डिआईजी डम्बर बहादुर विक समक्ष किसान ठग्ने ठुलो गिरोह भएकाले उनीहरुमाथि कानुनी कार्बाहीको विकल्प नभएको बताएका थिए ।

उनले सुरो नेपालका दुई चार जना मात्रै नभई किसानको खुन परिनाको कमाई खाने स्थानीय एजेन्टदेखि केही विदेश भ्रमण गरेर आएको केही उतै लुकेर बसेकाले सबैमाथि छानबिनको माग अघि सारेका छन ।

‘मैले यो विषयमा गुहमन्त्री रमेश लेखकसग पनि कुराकानी गरेको छु, उहाँबाट किसानलाई ठग्ने जुनसुकै व्यक्ति समुहलाई कानुनी कार्बाही आश्वासन आएको छ ।’ किसानका नेताका रुपमा समेत परिचित काँग्रेस नेता गुरुङ्ग ठगिएका लालझाडीका सयौँ किसानको न्यायका लागि निरन्तर संघर्षको मैदानमा उत्रिने भन्दै पीडित किसानलाई ढाडस दिएका छन ।

सुरो नेपाल एनजिओले दोदा साना किसान सहकारी, अनमोल कृषि सहकारीका ३सय बढी किसानबाट अढाई करोड बढि रकम संकलन गरेर ठगेपछि चौतर्फि भत्र्सना भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित