लालझाडी किसान ठगि प्रकरण : एमालेले भन्यो, ‘पाटीसंग जोडिएको घटना भए कार्बाही हुन्छ’

कञ्चनपुर । लालझाडीका किसानमाथि सुरोनेपाल एनजिओले सहकारी मार्फत गरेको अत्याचार बिरुद्धमा नेकपा एमाले उभिएको छ । एमाले लालझाडीले आइतबार प्रेस विज्ञप्ती जारी गर्दै सुरोनेपाल एनजिओले सहकारी मार्फत गरेको अत्याचार बिरुद्धमा नेकपा एमाले उभिएको हो ।

७५ प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण दिन्छु भन्दै सुरोले दोदा साना किसान र अनमोल कृषि सहकारी मार्फत किसानको रकम दुरुपयोग गरेको प्रति आपत्ति प्रकट गरेको छ । एमाले लालझाडीका अध्यक्ष ओम प्रकास रानाले हस्ताक्षर गरेको विज्ञप्तीमा दोषि संस्थालाई कार्बाही गरि जनताको पैशा तत्तकाल फिर्ता गराउने पहल गर्ने आवश्वासन दिदै केही दिनदेखि यता पाटीको सम्बद्ध कार्यकर्ताले ग¥यो, गरायो भनि समाजिक सञ्जालमा विभिन्न टिकाटिप्पणी भईरहदा पाटीसंग जोडिएको घटना भए छानबिन गरेर तुरुन्तै कार्बाही गरिने प्रतिबद्धता जाहेर गरिएको छ ।

यस अघि काँग्रेस, माओवादीले सुरो नेपालको ठगि बिरुद्धमा किसानको न्यायका लागि लगिरहेका बेला एमालेले पनि किसानको रकम अपचलन गर्नेमाथि कार्बाहीको विषय घोषणा गरेको छ ।

झण्डै ३सय किसानले ५० प्रतिशत अनुदानमा कृषि यान्त्रिकरण दिन्छु भन्दै अनमोल र दोदामा अढाई करोड बढी रकम जम्मा गरेको बताई रहदा एमालेले ७५ प्रतिशत अनुदान दिन्छु भन्दै सुरोले ठगेको बताएपछि किसानले बाँकी २५ प्रतिशत किसानले बुझाएको रकम कहाँ गएको भन्दै प्रशन गरिरहेका छन ।

सत्ताधारी काँग्रेस नेता गोपाल गुरुङ्गले सुरो नेपालका दुई चार जना मात्रै पक्राउ गरेको नहुने किसानको खुन पसिना खाने सबै माथि छानबिन गरेर दोषि उपर कार्बाहीको माग अघि सार्दै आएका छन ।

सुरोले सहकारी मार्फत किसानको विचल्ली बनाउने गरेर ठगेपछि चौतर्फि रुपमा पैशा फिर्ताको माग अघि सार्दै सहकारीमा पीडित किसानले तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका छन । देशमा तीन सरकार भएपनि पीडित किसानले न्याय पाउने नपाउने आशंका उब्जाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित