सार्थक ब्यूरो ।सुदूरपश्चिमको गौरवशाली लोकनृत्य हुडकेली आज लोप हुने सङ्घारमा पुगेको छ। वीरगाथा, इतिहास र सामुदायिक जीवनसँग गाँसिएको यो नृत्य पुस्तान्तरण हुन नसक्दा अस्तित्व संकटमा परेको हो।
हुडकेली केवल नृत्य वा मनोरञ्जन मात्र होइन, यो हाम्रो इतिहास, वीरताको स्मृति र सांस्कृतिक पहिचान बोकेको सम्पदा हो। डोटेली वीरपात्रहरूको कथा गीतमार्फत प्रस्तुत गर्ने, युद्धकला र करतब प्रदर्शन गर्ने, र सामूहिक मनोरञ्जनका साथ धार्मिक तथा सामाजिक भावनालाई जोड्ने यो परम्परा आधुनिकताले विस्थापित गर्दै गएको छ।
आज साउण्ड सिस्टम र व्याण्डबाजाको मोह बढिरहेको छ, तर हुडकेली सिक्ने र जोगाउने चासो घट्दै गएको छ। परिणामस्वरूप, परम्परा धनी पुरानो पुस्ता बुढिँदै छ, तर नयाँ पुस्ता यसबाट विमुख छ। यदि अबैला पहल भएन भने केही वर्षमै हुडकेली केवल किताबका पानामा मात्र सीमित हुनेछ।
यसैले आवश्यक छ—संस्कृति संरक्षणका निकाय, स्थानीय तह र समाजसेवी संस्थाले हुडकेली पुनर्जीवित गर्ने ठोस कार्यक्रम ल्याउन। विद्यालय, सामुदायिक स्तर र सांस्कृतिक उत्सवमार्फत यसलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्छ। हुडकेली जोगाउनु भनेको केवल एउटा नृत्य जोगाउनु होइन, सुदूरपश्चिमको सामूहिक पहिचानलाई जोगाउनु हो।








Discussion about this post