बडादशैंको पाँचौँ दिन : स्कन्दमाताको पूजा

सार्थक ब्यूरो। नवरात्रको पाँचौँ दिन आज हिन्दू समुदायले देवी स्कन्दमाताको पूजा–आराधना गरी धार्मिक उत्सव मनाइरहेका छन्।
देवी स्कन्दमाता भगवान् कार्तिकेय (स्कन्दकुमार) की माता मानिन्छिन्। उहाँलाई सदैव बालक स्कन्दलाई काखमा अँगालो हालेर मातृस्नेह प्रदान गर्ने स्वरूपमा चित्रण गरिएको पाइन्छ। ज्ञानशक्ति र कर्मशक्तिकी अधिष्ठात्रीका रूपमा पूजिने स्कन्दमाता सूर्यमण्डलकी अधिष्ठात्री देवी समेत मानिन्छिन्। धार्मिक ग्रन्थअनुसार उहाँको वर्ण सूर्यझैँ तेजस्वी रहेको वर्णन पाइन्छ।
चार हातकी स्कन्दमाताले दायाँतर्फको माथिल्लो हातले स्कन्दकुमारलाई समाएर राख्ने, बायाँतर्फको तल्लो हातमा कमलको फूल धारण गर्ने, अर्को हातले वरमुद्रा दिने र सिंहमा सवार पद्मासनमा विराजमान हुने उल्लेख गरिएको छ।
नवरात्रमा प्रत्येक दिन विभिन्न रूपमा देवी दुर्गाको पूजा हुने परम्परा छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्री, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको आराधना गरिन्छ। यी नौ रूपलाई सामूहिक रूपमा नवदुर्गा भनिन्छ।
यस अवसरमा मुलुकभरका शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत मन्दिरहरू दीपावली र सजावटले झकिझकाउ बनेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित