सार्थक ब्यूरो।धनगढी उपमहानगरपालिका–३ चटकपुरकी ११ वर्षीया बालिका सुमित्रा राना मृत अवस्थामा फेला परेकी छन् । बिहीबार साँझदेखि बेपत्ता भएकी उनी शुक्रबार साँझ मोहना नदीमा डुबेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहका अनुसार बालिकाको शव निर्वस्त्र अवस्थामा फेला परेको छ भने घटनास्थल नजिकै करिब दुई सय मिटर टाढा उनको लुगा भेटिएको छ । शवलाई पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान थालेको छ । यता, पीडित परिवारले बालिकाको मृत्युको कारणबारे छानबिन गर्न माग गर्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका छन् ।








Discussion about this post