आज बस्दै नेकपा एमाले सचिवालयको बैठक

सार्थक ब्यूरो।नेकपा एमालेको सचिवालय बैठक आज (असोज २४) बस्ने भएको छ। आइतबारका लागि तय गरिएको बैठक अविरल वर्षा र त्यसबाट उत्पन्न बाढी–पहिरो तथा डुबानका कारण स्थगित गरिएको थियो।
पार्टी केन्द्रीय कार्यालयका सचिव भीष्म अधिकारीका अनुसार आजको बैठकमा आगामी राजनीतिक रणनीति र कार्यदिशा तय गर्ने विषय प्रमुख एजेन्डा रहनेछ।
यसअघि असोज १२ गते बसेको सचिवालय बैठकमा विभिन्न संगठनात्मक विषयमा छलफल भएको थियो। त्यही बैठकका निर्णयहरूको समीक्षा गर्दै आजको बैठकले केन्द्रिय कमिटी बैठकका एजेन्डा अन्तिम रूप दिने तयारी गरेको बताइएको छ।
पार्टीको केन्द्रीय कमिटी बैठक यही असोज २७ देखि २९ गतेसम्म काठमाडौंमा बस्ने कार्यक्रम तय गरिएको एमालेले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित