कञ्चनपुर कारागारबाट फरार कैदीमध्ये ३८८ जना फिर्ता

सार्थक ब्यूरो । कञ्चनपुर जिल्ला कारागारबाट केही दिनअघि भागेका कैदीबन्दीमध्ये हालसम्म ३८८ जना फिर्ता आएका छन् । फिर्ता हुनेमध्ये ३७१ पुरुष र १७ महिला कैदी छन् ।
कारागारका निमित्त प्रशासक रामदत्त जोशीका अनुसार तोडफोडपछि फरार भएका कैदीबन्दीमध्ये अझै ९९ जना फरार रहेका छन्, जसमा १७ जना महिला पनि छन् । फिर्ता भएका मध्ये ६३ जनालाई प्रहरीले जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी पुनः कारागारमा बुझाएको बताइएको छ ।
हाल कारागारमा १४ जना भारतीय नागरिक कैद सजाय भोगिरहेका छन् भने १७ जना भारतीय कैदी अझै फरार छन् । स्वेच्छिक रूपमा फिर्ता हुन तोकिएको समयसीमा नाघ्नेहरूलाई कारागार ऐन २०७९ र प्रचलित कानुनअनुसार कानुनी कारबाही गरिने तयारी गरिएको जोशीले जानकारी दिए ।
जोशीका अनुसार फरार कैदी वा थुनुवालाई लुकाउने, सहयोग गर्ने वा आश्रय दिने व्यक्तिहरू पनि कानुनतः दोषी मानिने र उनीहरू विरुद्ध पनि कारबाही अघि बढाइने छ । कारागार प्रशासनले पटक–पटक स्वेच्छिक रूपमा फर्किन सार्वजनिक आग्रह गरे पनि अझै केही कैदी सम्पर्कमा नआएकाले प्रहरीद्वारा खोजी र पक्राउ अभियानलाई तीव्र पारिएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित