उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै छठपर्वको समापन

सार्थक ब्यूरो । उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै श्रद्धा, भक्ति र उल्लासको पर्व छठ आज सम्पन्न भएको छ। चार दिनसम्म निरन्तर विधिपूर्वक मनाइने यस पर्वको अन्तिम दिन मंगलबार बिहान देशभरका नदी, तलाउ र पोखरी किनारमा श्रद्धालु भक्तजनको भीड उम्लिएको थियो।
छठको अन्तिम चरणमा व्रतालु महिलाले परिवारको सुख, शान्ति, दीर्घायु र समृद्धिको कामना गर्दै जलाशयमा डुबुल्की मारेर सूर्यदेवलाई अर्घ अर्पण गरे। उदाउँदो सूर्यको किरणसँगै जलाशय किनारमा दीप प्रज्वलन, भजनकीर्तन र पूजा आराधनाले धार्मिक वातावरण उज्यालो बनेको थियो।
काठमाडौँ उपत्यकादेखि तराई–मधेशका विभिन्न सहर र मिथिलाञ्चलसम्म हजारौँ भक्तजनले एकसमान श्रद्धा र अनुशासनका साथ छठ पर्व मनाएका छन्। यसअघि सोमबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै पर्वको तेस्रो दिनको पूजा सम्पन्न गरिएको थियो।
सूर्योपासना, शुद्धता र आत्मसंयमका प्रतीकको रूपमा मानिने छठपर्व नेपालमा पनि वर्षेनी व्यापक रूपमा मनाइँदै आएको छ। भक्तजनका अनुसार यो पर्वले पारिवारिक सम्बन्धलाई मजबुत बनाउने र सकारात्मक ऊर्जा प्रदान गर्ने विश्वास छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित