धनगढीमा २८ लाखभन्दा बढी नगदसहित दुई भारतीय नागरिक पक्राउ

सार्थक ब्यूरो ।कैलाली प्रहरीले अवैध स्रोतको रकमसहित दुई भारतीय नागरिकलाई धनगढीबाट पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट २८ लाख ३४० रुपैयाँ नगद बरामद गरेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिएको टोलीले धनगढी उपमहानगरपालिका–३ मिलनचोकमा विशेष सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकामध्ये भारतको लखिमपुर खिरीका २९ वर्षीय सागर गुप्ता र २७ वर्षीय हरचित गुप्ता रहेका छन्। उनीहरू युपी–३१ सिएन–११७५ नम्बरको भारतीय गाडीमा सवार रहेका थिए।
प्रहरी नायब उपरीक्षक तथा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राजकुमार सिंहका अनुसार उनीहरूलाई नियन्त्रणमा लिएर रकमको स्रोतबारे थप अनुसन्धान सुरु गरिएको छ। सिंहले भने, “स्रोत नखुलेको ठूला परिमाणको नगद बरामद भएकाले अहिले विस्तृत अनुसन्धान अघि बढाइएको छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित