सार्थक ब्यूरो ।कञ्चनपुरमा विभिन्न अदालतका फैसलाबाट कैद र जरिवाना तोकिएर फरार रहेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार पक्राउ पर्नेहरूमध्ये दुई जना चोरी मुद्दामा र एक जना बैंकिङ कसूर प्रकरणमा दोषी ठहरिएका थिए ।
चोरी मुद्दामा एक महिना १० दिन कैद सजाय तोकिएका दोधारा–चाँदनी नगरपालिका–२ सिर्जना टोलका ३९ वर्षीय गोर्खे दमाई र ३६ वर्षीया जानकी दमाई पक्राउ परेका छन् । उनीहरू अदालतको फैसलापछि लामो समयदेखि फरार थिए ।
त्यस्तै, बैंकिङ कसूरसम्बन्धी मुद्दामा १५ दिन कैद र ७ लाख २५ हजार रुपैयाँ जरिवाना तोकिएका पुनर्वास नगरपालिका–२ अमरैयाका ३६ वर्षीय गोपाल रानालाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिभिन्न मितिमा जिल्ला अदालत कञ्चनपुरले सुनाएको सजाय कार्यान्वयन नगरी फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित मातहत इकाईबाट खटिएको टोलीले मंगलबार धरपकड गरेको प्रहरीको भनाइ छ ।


















Discussion about this post