सार्थक ब्यूरो । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (एमाले)को ११औँ महाधिवेशनलाई पार्टीको नीति तथा नेतृत्व पुनर्संरचनाका लागि महत्वपूर्ण मोडको रूपमा व्याख्या गर्दै सफलताको कामना गरेकी छन्। महाधिवेशन शुरु हुनुअघि जारी गरेको सन्देशमा उनले वर्तमान राजनीतिक जटिलताबीच संगठनलाई मजबुत बनाउने अवसरका रूपमा यस प्रक्रियालाई लिनुपर्ने धारणा राखेकी छन्।
उनका अनुसार महाधिवेशनले सामाजिक र आर्थिक रूपान्तरणतर्फ पार्टीलाई थप दिशा दिने अपेक्षा गरिएको छ। विशेष परिस्थितिकै कारण निर्धारित समयभन्दा चाँडो महाधिवेशन हुन लागेको उल्लेख गर्दै भण्डारीले प्रतिनिधि छनोट गर्दा वैचारिक स्पष्टता, अनुशासन र क्षेत्रीय समावेशीतालाई प्राथमिकतामा राख्न कार्यकर्तालाई आग्रह गरेकी छन्।
नेतृत्वको कारण औपचारिक रूपमा सहभागी हुन नसक्ने भए पनि आफ्नो सदस्यता नवीकरण भइसकेको र पार्टीप्रति प्रतिबद्धता यथावत रहने भण्डारीको भनाइ छ।
उनले एमालेलाई राष्ट्रहितप्रति संवेदनशील तथा प्रगतिशील धारको जनशक्ति भएको बताउँदै आगामी महाधिवेशनले संगठनलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरेकी छन्।


















Discussion about this post