सार्थक ब्यूरो । धनगढी–९ स्थित मोहना नदीमा माछा मार्ने क्रममा एक व्यक्तिको मृत्यु भएको छ। कैलारी गाउँपालिका–६ निवासी तथा हाल धनगढी उपमहानगरपालिका–९ बस्ने ४० वर्षीय राजेश चौधरी नदीमा डुबिएपछि ज्यान गुमाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ।
डुबेका चौधरीलाई स्थानीयहरूले उद्धार गरी उपचारका लागि सेती प्रादेशिक अस्पताल पुर्याएका थिए। तर अस्पतालमा पुगेपछि चिकित्सकहरूले उनलाई मृत घोषित गरेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


















Discussion about this post