कैलालीबाट युवक हत्या प्रकरणका मुख्य आरोपी पेस्तोलसहित पक्राउ

सार्थक ब्यूरो ।बर्दियामा घटीत छानवीन भइरहेका हत्या घटनामा संलग्न मुख्य आरोपी कैलालीबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा दाङ–तुलसीपुर उपमहानगरपालिका–६ का ५१ वर्षीय महावीर चौधरी रहेका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक कैलाशसिंह बिष्टका अनुसार चौधरीलाई बर्दिया र कैलाली प्रहरीको संयुक्त टोलीले कैलारी गाउँपालिका–२ मदरास्थित एक खाली घरबाट नियन्त्रणमा लिएको हो। उनी उक्त घरमा लुकेर बसेको अवस्थामै समातिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चौधरी बर्दियाको राजापुर नगरपालिका–४ मा रहेको ‘हमार थारू रेस्टुरेन्ट’मा भएको गोलीकाण्डका मुख्य अभियुक्त हुन्। गत आइतबार भएको गोली प्रहारमा दाङका २८ वर्षीय निरज चौधरीको मृत्यु भएको थियो।घटनापछि फरार रहेका चौधरीको साथबाट पेस्तोलसमेत बरामद गरिएको प्रहरीको भनाइ छ।
पक्राउ परेका महावीर चौधरी लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री तथा नेपाली काँग्रेस नेता डिल्लीबहादुर चौधरीका सहोदर भाइ रहेको पनि खुलेको छ।प्रहरीले उनलाई कानुनी प्रक्रिया अघि बढाउन बर्दिया जिल्ला प्रहरीलाई बुझाउने तयारी गरेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित