डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दुर्घटना हुँदा २२ जना घाइते

सार्थक ब्यूरो ।डडेल्धुराबाट काठमाडौं जाँदै गरेको गरेको ना ८ ख ७४५५ नम्बरको बस बिहीवार बिहान दाङको लमही नगरपालिका–१ कौडियापुलस्थित पूर्व–पश्चिम राजमार्गमा दुर्घटना भएको हो। दुर्घटनामा २२ जना घाइते भएको प्रहरीले जनाएको छ। घाइतेलाई वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी टोलीले उद्धार गरी लमही अस्पताल पठाएको जनाएको छ।
घाइतेहरूको अहिले लमही अस्पतालमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशन राज पाण्डेयले जानकारी दिए। बसमा ३८ जना सवार थिए। पट्टा भाँचिएर बस दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित