सार्थक डेस्क।नेपाली कम्युनिष्ट पार्टीले आज काठमाडौंमा सन्देश सभामार्फत शक्ति प्रदर्शन गर्ने भएको छ। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायत दलहरूको सहभागितामा गठित उक्त पार्टीले राजधानीमा संयुक्त रूपमा कार्यक्रम आयोजना गर्न लागेको हो।
सभाका लागि बिहान ११ बजे काठमाडौं उपत्यकासहित बागमती प्रदेशका १३ जिल्लाबाट नेता तथा कार्यकर्ताहरू र्यालीसहित भृकुटीमण्डपमा भेला हुने कार्यक्रम तय गरिएको छ। विभिन्न स्थानबाट निस्कने र्यालीहरू भृकुटीमण्डपमा पुगेर सभामा परिणत हुने जनाइएको छ।
सन्देश सभालाई पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहसंयोजक माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यसूची रहेको छ। सभामार्फत समसामयिक राजनीतिक विषयमा पार्टीको धारणा सार्वजनिक गरिने बताइएको छ।
यसअघि नेपाली कम्युनिष्ट पार्टीले मधेस, कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सन्देश सभा सम्पन्न गरिसकेको छ। काठमाडौंको कार्यक्रमलाई ती सभाहरूको निरन्तरताको रूपमा हेरिएको छ।


















Discussion about this post