डा. तारा जोशीले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिए

सार्थक डेस्क। सुदूरपश्चिम प्रदेशसभा सदस्य डा. तारा जोशीले आफ्नो पदबाट राजीनामा दिएका छन्। डडेल्धुरा प्रदेशसभा क्षेत्र ‘ख’ बाट स्वतन्त्र उम्मेदवारका रूपमा निर्वाचित जोशीले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने तयारीका कारण प्रदेशसभा सदस्य पद त्यागेका हुन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उनले राजीनामा दिएको जनाइएको छ। प्रदेशसभा सदस्य रहँदै संघीय संसदको निर्वाचनमा सहभागी हुन नपाइने कानुनी व्यवस्थाअनुसार उनले पद छोडेका हुन्।
सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीका अनुसार डा. जोशीले आइतबार इमेलमार्फत औपचारिक राजीनामा पठाएका छन्।
डा. जोशी पछिल्लो समय उज्यालो नेपाल पार्टीमा आबद्ध भए पनि राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भंग भएपछि समेत एकताको पक्षमा उभिँदै रास्वपामै सक्रिय रहँदै आएका थिए। प्रतिनिधिसभा निर्वाचनमा उनको उम्मेदवारीले डडेल्धुराको राजनीतिक समीकरणलाई थप चासोको विषय बनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

लोकप्रिय
No Content Available
भर्खरै प्रकाशित