सार्थक ब्यूरो।काठमाडौंमा आयोजित एक समारोहबीच नेकपा एमाले ले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओली ले ‘समृद्ध नेपाल, सुखी नेपाली—राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ भन्ने मूल नारासहित घोषणापत्र सार्वजनिक गरेका हुन्।
‘देश एमालेले बनाउँछ’ भन्ने प्रतिबद्धतासहित सार्वजनिक गरिएको दस्तावेजमा आर्थिक विकास, सामाजिक न्याय, रोजगारी विस्तार र सुशासनलाई प्राथमिकतामा राखिएको जनाइएको छ। कार्यक्रममा पार्टीका पदाधिकारी र शीर्ष नेताहरूको उपस्थिति रहेको थियो।
यसपटक घोषणापत्र सार्वजनिक कार्यक्रमलाई फरक ढंगले प्रस्तुत गर्दै ४० वर्षमुनिका युवा तथा महिला उम्मेदवारलाई मञ्चमा स्थान दिइएको थियो। नेतृत्व पुस्तान्तरण र युवा सहभागितालाई प्राथमिकता दिएको सन्देश दिन यस्तो प्रस्तुति गरिएको पार्टीले जनाएको छ।


















Discussion about this post